नवनियुक्त मन्त्री आचार्यले लिए शपथ,यादवको मन्त्रालय हेरफेर

काठमाण्डु टुडे २०८० वैशाख २४ गते १३:३६ मा प्रकाशित

काठमाण्डु ,२४ वैशाख-नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन् ।आचार्यले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ । मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।

 

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us