जनप्रशासन क्याम्पसमा विद्यार्थीले लगाए ताला

काठमाण्डु टुडे २०८० वैशाख २४ गते १३:१५ मा प्रकाशित

काठमाण्डु ,२४ वैशाख -जनप्रशासन क्याम्पस बल्खुमा आर्थिक अनियमितता भएको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।

अखिल क्रान्तिकारी, अनेरास्ववियू र नेविसंघले संयुक्त रुपमा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् । आइतबार विद्यार्थी संगठनहरुले स्ववियु फन्डको चरम दुरुपयोग, विद्यार्थीको धरौटी र छात्रवृत्ति बाफतको रकम हिनामिना भएको दाबी गरेका छन् ।

यस्तै प्रोफेसरले कपि जाँचेबाफतको पारिश्रमिक रकम पनि हिनामिना भएको उनीहरुले बतायका छन। उनीहरुले पटक पटक यो विषयमा खबरदारी गर्दा समेत बेवास्ता गरेकाले आज देखि अनिश्चितकालीन तालाबन्दी गरिएको विद्यार्थी संगठनहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us