सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध

काठमाण्डु टुडे २०८० वैशाख २४ गते १२:३७ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख- नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ।

शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको ९एन(एजेजेट हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर प्राधिकरणले एयरसँग रहेका अन्य हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो।

एयरको दुर्घटनाग्रस्त विमान र अन्य विमानहरूको समेत विस्तृत निरीक्षण र उडान सञ्चालन, वायुयोग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको जाँच तथा परीक्षण नभएसम्मका लागि सबै उडानमा प्रतिबन्ध लगाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अडिट नहुँदासम्मका लागि उडान प्रतिबन्ध लगाइएको उउनले कताइ । क्रबार दिउँसो १ बजे अरुण तेस्रो जलविद्युत आयोजनाको सामग्री बोकेर गएको सिम्रिक एयरको ९एन-एजेजेट हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको थियो ।

घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका थिए भने भविन गुरुङको निधन भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us