धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख २४ गते १२:२२ मा प्रकाशित

काठमाण्डु ,२४ वैशाख -धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहम्मद अब्दुल अन्सारी र मोहम्मद अल्कामा अन्सारी रहेका छन ।

शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नं। २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकहरू पोखरीमा डुबेको भन्ने खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले दुबैलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्या्इएको थियो।

चिकित्सकले बेलुका करिब ८ बजे दुबै बालकलाई मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले बताय। उनीहरूको शव सोही अस्पतालमा पोष्टमर्टमका लागि राखिएको उनले जानकारी दिए। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us