
काठमाण्डु,१६ वैशाख– आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गर्ने बाबु पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका–६ मट्यारी बस्ने ४७ वर्षीय महेश कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महेश कुमारले आफ्नै घरभन्दा अन्दाजी १ सय ५० मिटर टाढा जङ्गलमा अर्जुन चौधरीलाई इँटा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
सो खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।