छोटे राजाहरु खोकी लाग्दैमा विदेश जान थाले: प्रकाशचन्द्र लोहनी

काठमाण्डु टुडे २०८० वैशाख १६ गते १३:११ मा प्रकाशित

काठमाण्डु,१६ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरुको प्रवेश गरेको बताएका छन ।

शनिवार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका उनले यस्तो बताएका हुन । पूर्वअध्यक्ष लोहनीले नेताहरु सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित हुने गरेको आरोप लगाएका छन ।

उनले नेपालमा नै उपचार हुनसक्ने कुरामा करोडौँ खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन । उनले भने, ‘हाम्रो राज्यले नेपालमा नै उपचार हुनसक्ने थुप्रै मान्छेहरुलाई नेपालका छोटे राजाहरु भन्नुस् न, छोटे राजालाई करोडौँ करोड खर्च गरेर, विदेशमा उपचारका लागि पठाउन सक्ने, तर करोडौँ नेपालीको आर्थिक अवस्था माथि उठाउन आविष्कारमा लगानी बढाऔँ भनेर हिँडेको व्यक्ति र संस्थालाई वास्ता नगर्ने भनेको वैज्ञानिक समाजवाद यही हो ? जनतासँग प्रतिबद्ध राज्य भनेको यही हो ?’अहिलेको राज्यसत्ता मुलतः केही सानो जमातको हीतको लागि मात्रै भयो ।

नेपाललाई माथि लैजान प्रविधिको विकास बिना सम्भव छैन । खोकी लाग्यो भने बेलायत, अमेरिका र भारत जाने, करोडौँ खर्च गर्न जाने, नेपालीको स्तर उकास्त काम गर्न नदिने यही वैज्ञानिक समाजवाद । यो सत्ताको लुछाचुँडी र धनवादीहरुको प्रवेश भएको छ,’।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us