सांसदहरूले काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्छौँ: महावीर पुन

काठमाण्डु टुडे २०८० वैशाख १६ गते १२:३३ मा प्रकाशित

काठमाण्डु,१६ वैशाख– राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरूले काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने बताएका छन ।

शुक्रवारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका उनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने बताएका हुन ।

उनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने हो ? भन्ने प्रश्न गर्दै सांसदहरूले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताएका छन ।

उनले अरू हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताएका छन ।

उनले सबै नेताहरू आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसद्मा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरेका छन । उनले नेताहरूले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको आवाश्यक रहेको बताएका छन ।

पुनले आफ्नो आन्दोलन सबै सानातिना समस्या पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जन आन्दोलन भएको बताएका छन । उनले आफूले यो आन्दोलन मनलाग्दी रूपमा नल्याएकोले निचोडमा पुगेरै छोड्ने प्रतिबद्धता रहेको बताएका छन ।

उनले संसारमा नवप्रवर्द्धन र आविष्कारको क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us