
काठमाण्डु,१६ वैशाख– प्रहरीले लागू पदार्थ सेवन गरी विद्यार्थी बस चलाउने चालकसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने नोवेल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी बोकेको प्रदेश ३–०१–००६ ख ०६ ३० नम्बरको बसका चालक धादिङ गल्छी गाउँपालिका–९ का चन्द्रबहादुर तामाङ, बा १६ च ९३ ६९ नम्बरको कार चालक गल्छी गाउँपालिका–३ का रमेश मगर, ग १ य १११२ नम्बरको पर्यटक बस चालक गल्छी गाउँपालिका–६ का दिर्घबहादुर मग्राती र बा ३१ प ३४ नम्बरका मोटरसाइकल चालक मकवानपुरको हेटौंडाका राजु तामाङ रहेका छन्।
थानकोटस्थित चेक पोइन्टमा भएको बिशेष चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरीएको प्रहरीले बताएको छ । नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको प्रहरीले जानकारी दिएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलिले शुक्रवार २० सवारी साधन चेक गर्दा उनीहरु पक्राउ परेका हुन्।