
काठमाण्डु,१५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेताहरूका विदेश भ्रमणको कार्यतालिका सदनबाट पास गर्न आग्रह गरेकि छन ।
आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले नेपालको परराष्ट्र नीतिलाई संस्थागत गर्न विदेश भ्रमणको कार्यतालिका सदनबाट पास गर्नुपर्ने बताएकी हुन।
उनले भनिन्,‘ कुनैपनि सन्धी सम्झौतामा थाहै नदिई सुटुक्क हस्ताक्षर गरी नेपाल र नेपालीलाई बन्धक राख्ने प्रवृत्ति बन्द गर्नका लागि यो प्रणाली अपनाउनुपर्छ । ’