थप १ सय १३ जनामा कोरोना सङ्क्रमण

काठमाण्डु टुडे २०८० वैशाख ११ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप एक सय १३ जनामा कोरोना सङ्क्रमण भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २९ जना रहेका छन् भने आइसियुमा चार जना रहेका छन् । यसका साथै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यसका साथै ७२ जना सङ्क्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us