
एजेन्सी– जापानका प्रधानमन्त्री फुमियो किशिदाले मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको बतएका छन । प्रधानमन्त्री किशिदाले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टीले संसदीय उपनिर्वाचनमा पाँचमध्ये चार स्थानमा विजय हासिल गरेको एक दिनपछि सोमबार सञ्चारमाध्यमसँगको कुराकानीमा उनले यस्तो बताएका हुन ।
उनले संसद्को तल्लो सदनलाई मध्यावधि निर्वाचनका लागि विघटन गर्नेबारे आफूले नसोचेको बताएका छन । प्रधानमन्त्री कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै किशिदाले भने, ‘हामीले एकपछि अर्को गर्दै महत्त्वपूर्ण नीतिहरु अवलम्बन गर्नुपर्ने भएकाले म तत्कालका लागि विघटन र आम निर्वाचनको बारेमा सोचिरहेको छैन ।’
उनले अर्को महिना हिरोशिमामा हुने विकशित राष्ट्रहरूको समूह जी–७ शिखर सम्मेलनपछि चुनाव गराउने योजना बनाइरहेको हुन सक्ने अनुमान गरेका छन ।
आइतबार भएको संसदीय उपनिर्वाचनमा किशिदा नेतृत्वको सत्तारुढ एलडीपीले पाँचमध्ये चार सिट जितेको छ भने विपक्षी ‘जापान इनोभेसन पार्टी’ले एक सिट जितेको छ ।