चितवन–२ मा रवि लामिछानेको अग्रता

काठमाण्डु टुडे २०८० वैशाख ११ गते १५:४६ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख– चितवन– २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन ।

इच्छाकामना गाउँपालिका– १ र ३ को गणना सकिँदा रविले ११५५ मत प्रप्त गरेका छन ।यस्तै एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत प्रप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

इच्छाकामना– १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us