बारा– २ मा शिवचन्द्र कुशवाहको लिए अग्रता

काठमाण्डु टुडे २०८० वैशाख ११ गते १५:४० मा प्रकाशित

काठमाण्डु, ११ वैशाख– बारा–२ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन । यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका छन ।

पछिल्लो मत परिणाम अनुसार कुशवाहले ६०१ मत प्रप्त गरेका छन भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत प्रप्त गरेका छन ।

यस्तै एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत प्रप्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us