
काठमाण्डु, ११ वैशाख– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनका मतपरिणाम सन्तोषजनक नभएको भन्दै चिन्ता व्यक्त गरेका छन ।
आज (सोमबार) बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो चिनता व्यक्त गरेका हुन । उनले विदेशमा बस्ने नेपालीहरुको प्रभाव राजनीतिमा बढेको भन्दै उनीहरुलाई सम्बोधन गर्ने गरी पनि सोच्नु पर्ने बेला आएको बताएका छन ।
उनले पार्टीको आन्तरिक एकतादेखि संगठन विस्तार र नागरिकसँगको सम्बन्धका बारेमा पार्टीमा गहिरो गरी समीक्षा हुनुपर्ने बताएका छन ।
कांग्रेसले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका कारण अगामी बजेटमा आफ्ना सांसदहरुको सुझावका लागि आज संसदीय दलको बैठक डाकेका हुन् ।
कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवा उपनिर्वाचनको प्रारम्भिक मतपरिणामप्रति चिन्ता व्यक्त गरेका हुन । कांग्रेसले सतारुढ पाँच दलको समर्थनमा चितवन र तनहुँमा उम्मेदवारी दिएको थियो।
तर दुवै ठाउँमा कांग्रेसलाई पराजय गर्ने संकेत राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ। रास्वपाले उपनिर्वाचन पनि जित्ने भएपछि कांग्रेस संसदीय दलमा त्यसबारेमा प्रारम्भिक चर्चा भएको कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिएका छन ।