बारा–२ मा उपेन्द्र यादवलाई सुरुवाती अग्रता

काठमाण्डु टुडे २०८० वैशाख ११ गते १४:१० मा प्रकाशित

काठमाण्डु, ११ वैशाख– हिजो बारा २ मा भएको प्रतिनिधि सभाको उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता बनाएका छन ।

आज (सोमबार) दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा यादवले २२४ मत प्रप्त गर्दै अग्रता बनाएका हुन ।

त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत प्रप्त गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् भने आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us