
सिन्धुली,११ वैशाख– अविरल वर्षा सँगै परेको चट्याङ लागेर सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ३ जना घाइते भएका छन् । गोलन्जोर गाउँपालिका–३ ओख्लेस्थित ५८ वर्षीया दुर्गाकुमारी भुजेलको घरमा चट्याङ परेको प्रहरी जानकारी दिएको छ ।
चट्याङ लागेर घाइते हुनेमा दुर्गा कुमारी भुजेल, उनकी बुहारी २८ वर्षीया हिराकुमारी भुजेल र ८ वर्षीय निकेश भुजेल रहेका छन । दुर्गा कुमारीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
हिराकुमारी र निकेश उपचार पछि घर फर्केका छन । घर बाहिर राखिएको बिजुलीको मिटर बक्समा चट्याङ परेको प्रहरीले जानकारी दिएको छ ।