
एजेन्सी– इजरायलले जोर्डनका सांसद इमाद ओडवानलाई गोप्य रूपमा वेस्ट बैङ्कमा हतियार र सुन पुर्याएको आरोप लगाएको छ ।
गोप्य रूपमा वेस्ट बैङ्कमा हतियार र सुन पुर्याएको आरोप उनलाई पक्राउ पनि गरिएको छ । सोसल मिडियामा प्रसारित भइरहेका रिपोर्ट अनुसार इजरायली अधिकारीहरूले वेस्ट बैङ्क नजिकैको किङ हुसेन ब्रिज बोर्डर क्रसिङसम्म हतियार र सुन तस्करी गर्ने प्रयासलाई विफल पारेको हो ।
यी हतियार र सुन एउटा कारमा भेटिएको समाचारमा उल्लेख गरीएको छ । यो कार जोर्डनका सांसदको रहेका थिए । सांसद हतियार र सुनसहित पक्राउ परेको विषयमा जोर्डन सरकारलाई जानकारी गराइएको समाचारमा उल्लेख छ ।
उता, जोर्डनका अर्का सांसद आन्द्रे हवारीले आफ्ना सहकर्मीले प्यालेस्टिनी प्रतिरोधका लागि हतियार उपलब्ध गराएको भन्दै आफ्नो सहकर्मीको कामको प्रशंसा गरेका छन ।