बारा–२ मा केहीबेरमा मतगणना सुरु हुँदै

काठमाण्डु टुडे २०८० वैशाख ११ गते १२:१८ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख– बारा–२ को मतगणना केहीबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक सकिएलगत्तै शिक्षा तालिम केन्द्र, कलैयामा मतगणना सुरु हुने बताइएको छ ।

मतगणनाका लागि दलका प्रतिनिधिहरु मतगणनास्थलमा उपस्थिति भएका छन । मतगणनास्थलमा सुरक्षा व्यवस्था पनि कडा गरिएको छ ।

पहिलो चरणमा २ स्थानबाट मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिएका छन । हिजो आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान भएको छ ।

बारा–२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच मुख्य प्रतिस्पर्धी रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us