तनहुँ–१ मा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

काठमाण्डु टुडे २०८० वैशाख ११ गते ७:४६ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख– उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन् ।

मतगणनाको सुरुआती चरणदेखि नै अगाडि लागेका वाग्लेले प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो पार्दैैै लगेका छन् । पछिल्लो मत परिणामअनुसार वाग्लेले  ७२९३  मत प्राप्त गरेका छन् ।

उनलाई कांग्रेसका गोविन्द भट्टराईले ३२३४ मतका साथ पछ्याइरहेका छन् । तेश्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले २१३४ मत ल्याएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us