
काठमाण्डु ,१० वैशाख- चितवन २मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज रातिदेखि नै सुरु गर्ने तयारी भएको छ ।
सहायक मतदान अधिकृत ईश्वर आचार्यले राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताए । उनका अनुसार चितवन २ मा ६१ प्रतिशत मत खसेको छ ।
केही स्थानमा मतदान स्थलभित्र पसिसकेका मतदाताले मतदान बाँकी रहेकाले केही बढ्न सक्ने उनको भनाइ छ । मतगणना उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा हुने जनाइएको छ ।
चितवनमा कुल १ लाख २४ हजार ६९५ मतदाताका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र निर्धारण गरिएको थियो । मतगणना ७ स्थानमा गरेर चाँडै नजिता दिइने आचार्यको भनाइ छ ।