चितवन २ मा मंसिरमा भन्दा कम मत खस्यो

काठमाण्डु टुडे २०८० वैशाख १० गते १७:४५ मा प्रकाशित

काठमाण्डु, १० वैशाख -चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ ।

अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनायको छ। मंसिरमा पहिला ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ ।

चितवन २ मा कुल मतदाता १ लाख २४ हजार ६९८ छन् ।मंसिर ४ को चुनावमा ८४ हजार १७ मत खसेकोमा अहिले त्यो भन्दा कम खसेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us