
काठमाण्डु, १० वैशाख- पछीलो २४ घन्टामा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
देशभरबाट १३०६ नमूना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३७० र एन्टीजेनबाट ९३६ नमुना परीक्षण गर्दा पीसीआरबाट ४१ र एन्टिजेनबाट ४० को रिपोर्ट पोजिटिभ आएको हो।
यो अवधिमा ५४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७० पुगेको छ।