आचारसंहिता उल्लंघनमा रवि लामिछाने र चितवनका सीडीओलाई कारबाही गर्न निर्वाचन आयोगसमक्ष उजुरी

काठमाण्डु टुडे २०८० वैशाख १० गते १७:११ मा प्रकाशित

काठमाण्डु ,१० वैशाख- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतदानस्थलमा हुलहुज्जत गर्दै मतदातालाई प्रभावित पारेको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष उजुरी दिएको छ ।

गठबन्धनबाट कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले आयोगसमक्ष उजुरी दिएका हुन् ।यस्तै घटनामा प्रशासनले पनि एकपक्षीय ढंगबाट मतदाता र प्रतिनिधिमाथि लाठी चार्ज गरेर भयभित बनाएको आरोपसहित चितवनका सीडीओमाथि पनि कारबाहीको माग गरिएको छ ।

मतदान प्रक्रिया चलिरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मत मागेको अडिओरभिडिओ सार्वजनिक भएको, आचारसंहिताविपरीत विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्नेरगराउने गरी मतदातालाई प्रभावित पारेको उजुरीमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us