
काठमाण्डु ,१० वैशाख -चितवनको भरतपुर ,११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा दुई पक्षबीच विवाद र झडपको स्थिति भएपछि रोकिएको मतदान फेरि सुरु भएको छ ।
सर्वदलीय बैठकमा ४ बुँदे सहमति भएसँगै मतदान पुनः सुरु भयको हो । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले तथा सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि त्यहाँ तनावको स्थिति भएको थियो ।
अहिले सो मतदान केन्द्र परपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।