
काठमाण्डु,७ वैशाख– काठमाण्डुको कपनस्थित सरस्वती नगरमा एक महिलामाथि चक्कु प्रहार भएको प्रहरीले बताएको छ ।
आज (बिहीबार) अपराह्न चक्कु प्रहार भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाण्डुको टोली घटनास्थल पुगेको छ ।
प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरीएको काठमाण्डुका एसपी सिताराम रिजालले जानकारी दिएका छन ।