
एजेन्सी– भारतको महाराष्ट्रको नवी मुम्बईमा वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीको महाराष्ट्र भूषण पुरस्कारबाट सम्मानित गर्न आयोजित कार्यक्रममा लूका कारण ११ जनाको मृत्यु भएको छ ।
नवी मुम्बईको खारघरमा आयोजित कार्यक्रममा ठुलो सङ्ख्यामा मानिसहरू सहभागी भएका थिए । त्यतिबेला नवी मुम्बईको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।
जसले गर्दा मानिसहरू लूबाट प्रभावित भएका थिए । हीट स्ट्रोकबाट पीडितहरूलाई तत्कालै अस्पताल लगिएको थियो । उपचारको क्रममा ११ जनाको मृत्यु भएको बताइएको छ ।
यस्तै २४ जनालाई उपचारपछि डिस्चार्ज गरिएको बताइएको छ । मुख्यन्त्री एकनाथ शिन्दे उपचाररत मानिसहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा गएका थिए । उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुःख समेत व्यक्त गरेका छन ।