अमेरिकी डलर साट्ने बहानामा लुटपाट, ३ जना पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख ४ गते १५:२६ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– प्रहरीले काठमाण्डु उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलर साट्ने बहानामा लुटपाट गर्ने ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका९३ धार्पा घर भई ललितपुर टिकाथली बस्ने २५ वर्षीय ईनकुमार पाख्रिन, २९ वर्षीय सुकलाल पाईन र २२ वर्षीय सूर्य बहादुर पाईन रहेका छन ।

सस्तो दरमा अमेरिकी डलर साटिदिन्छु भन्दै प्रलोभन देखाई ललितपुर हरिसिद्धिबाट १८ लाख रुपैयाँ, काठमाण्डुको चोभारबाट १८ लाख रुपैयाँ र ललितपुर ईमाडोलबाट १० लाख रुपैयाँ ठगी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न

आएपछि काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर ढुङ्गेली बसपार्क नजिकबाट पक्राउ गरेको प्रहरीले बताएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us