संघीय निजामती सेवा ऐन अब छिट्टै संसदमा पेश हुन्छ: सञ्चारमन्त्री शर्मा

काठमाण्डु टुडे २०८० वैशाख ४ गते १५:१० मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश गर्ने तयारीमा रहेको बताएकी छन ।

आज (सोमबार) राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५र०७६, ०६७र०७७ र ०७७र०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

उनले सरकारले पनि सो ऐनलाई अत्यन्तै प्राथमिकतामा राखेर अघि बढाएको र अहिले त्यो कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणको रहेको उनले बताउकी छन ।

मन्त्री शर्माले कर्मचारीहरुको सरुवालाई व्यवस्थित बनाउने गरी सो ऐनमा आवश्यक व्यवस्था मिलाउन पनि सांसदहरुलाई आग्रह गरेकी छन ।

उनले कर्मचारीको सरुवाको विषय व्यवस्थित नभएको स्वीकार गर्दै अव बन्ने संघीय निजामती सेवा ऐनले त्यसलाई व्यवस्थित बनाउने विश्वास समेत व्यक्त गरेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us