राष्ट्रपति पौडेलको छातीमा संक्रमण

काठमाण्डु टुडे २०८० वैशाख ४ गते १४:१६ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ । फलोअप परीक्षणका लागि आज सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको छ ।

छातीको तल्लो भागमा संक्रमण देखिएकाले परीक्षण गर्न लागिएको पौडेलका निजी चिकित्सक डा। निरज बमले जानकारी दिएका छन ।

उनले भने, ‘संक्रमणको कारणले पानी आउँछ । उहाँको बाँया छातीको तल्लो भागमा थोरै पानी देखिएको थियो । के कारणले संक्रमणको कारण थाहा पाउन परीक्षणका लागि पठाएका छौं ।’

विशेषज्ञ चिकित्सका अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत गर्छ । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us