सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाण्डु टुडे २०७९ चैत २७ गते १७:३२ मा प्रकाशित

काठमाण्डु,२७ चैत– सामाजिक सञ्जाल फेसबुकको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्‍यूरोले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका–६ बस्‍ने २० वर्षीय कादिर मोमिन रहेका छन । जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा साइबर ब्‍यूरोले उनलाई झापाबाटै पक्राउ गरेको साइबर ब्‍यूरोका प्रवक्ता पशुपति कुमार रायले जानकारी दिएका छन ।

कादिरले पीडित महिलाको फेसबुक वालरटाइमलाइनमा अन्‍य महिलाको शरीर तस्वीरमा जोडेर अश्लील शब्द तस्वीर र भिडियो पोस्ट गर्नुका साथै टिकमा पनि सोही सामग्री राखेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाण्डु जिल्ला अदालतबाट ४ दिन म्‍याद थप गरी आवश्‍यक कारबाहीका लागि अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us