दुई बालिकाको हत्या आरोपमा रूकुमपुर्वमा ७ जना पक्राउ

काठमाण्डु टुडे २०७९ चैत २६ गते १४:११ मा प्रकाशित

काठमाण्डु ,२६ चैत- रुकुमपूर्वमा दुई बालिकाको हत्या आरोपमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिका९३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशंकामा प्रहरीले शंकास्पद ७ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिए ।

यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो। दुवैजनाले लगाएको गहना लुटपाट भएकाले उनीहरुको हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ ।

दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us