
काठमाण्डु ,२६ चैत- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले मधेसमा जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई दलहरूले मागी खाने भाँडो बनाएको आरोप लागायका छन।
आज बाराको सीमरामा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले अब दलहरूले जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई मागी खाने भाँडो बनाउन नहुने बताए ।
काठमाण्डुवासीले बालेन शाहलाई अत्यधिक मतले विजयी बनाएको उदाहरण दिँदै उनले ‘नयाँ पुस्ताले अब नेतृत्व कस्तो मान्छेको हुने हो भन्ने हेर्छ, स्थानीय निर्वाचन हो भने त्यही वडाको मान्छे चाहिने होला, हामी वडाध्यक्ष चुनिरहेका छैनौ सांसद चुनिरहेका छौ, त्यसैले राष्ट्रिय स्तरको उम्मेदवार हामीले उठाएका हौँ’ सभापति लामिछानेले भने ‘अब राजनीति गर्ने मान्छेहरूले जातियता, साम्प्रदायिकता र क्षेत्रीयतालाई धेरै मागी खाने भाँडो बनाउन हुँदैन यो कुरा नेपाली नागरिकहरूले बुझिसकेका छन् ।’
लामिछानेले मधेसमा काम गर्ने राष्ट्रिय स्तरको उम्मेदवार आवश्यक भएकाले आफनो पार्टीले रमेश खरेललाई उठाएको बताए। उनले भने, ‘निर्वाचन उठेका हाम्रा उम्मेदवारहरू विषय विज्ञ छन्, निर्वाचित भएर गइसकेपछि संसद्मा हाम्रा सांसदहरूको संसदीय अभ्यास विरलै देखिएको अभ्यास छ, हाम्रो पार्टी भित्र टिके प्रणाली छैन कुनै पनि क्षमतावान् मान्छेलाई अगाडि बढ्न ठुलो नेताले रोक्न सक्दैन’राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा बारा निर्वाचन क्षेत्र नं २ को विकासको लागि काम गर्ने भएकाले उम्मेदवार स्थानीय हुनु वा बाहिरको हुनुले खास फरक नपर्ने लामिछानेले बताए ।