
काठमाण्डु ,२६ चैत -एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरीमा दुर्घटना भएको छ ।
आइतबार बिहान सम्पर्कबिहीन भएको एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेसक्याम्प नजिकै दुर्घटनामा परेको हो ।दुर्घटनामा पाइलट भने सकुशल छन् ।
इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो । हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौंलाले जानकारी दिएका छन् ।
उनका त्यहाँको अवस्था बुझ्न अर्को हेलिकोप्टर गएको छ ।