लेखराजलाई भेटेर बाहिरिंदै गर्दा प्रचण्डले भने-यो घर मेरो पनि हो भन्ने लागेर आएँ

काठमाण्डु टुडे २०७९ चैत २६ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, २६ चैत -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच आइतबार भेटवार्ता भएको छ ।

एमाले सुदूरपश्चिम इञ्चार्ज समेत रहेका भट्टको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा उनीहरूबीच समसामयिक राजनीतिक तथा पारिवारिक विषयमा छलफल भएको थियो ।

छलफलपछि भट्टको निवासबाट बाहिरिंदै प्रधानमन्त्री प्रचण्डले भने, यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थे । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ ।’

भट्टले समसायिक राजनीतिक विषयमा छलफल भएको बताएका छन् । उनले भने, ‘प्रचण्डजीले भने जस्तै यो मेरो घर उहाँको पनि हो । हामीबीच लामो सम्बन्ध छ ।’

सञ्चारकर्मीको तपाईंलाई प्रचण्डले पुरानै घरमा फर्काउने प्रयास गर्न लाग्नु भएको हो रु भन्ने प्रश्नमा भट्टले अहिले माओवादीमा फर्किने सम्भावना नरहेको भन्दै जबाफ दिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्तर समारोहमा सहभागी हुन् आइतबार बिहान धनगढी आइपुगेका हुन् । सोही क्रममा प्रचण्ड र भट्टबीच भेटवार्ता भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us