लेखराज भट्टको निवासमा पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ चैत २६ गते १२:२० मा प्रकाशित

काठमाण्डु ,२६ चैत- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनेकपा एमाले सचिव लेखराज भट्टको घरमा पुगेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड भट्ट निवास पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट सीधै कैलालीको गोदाबरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेका हुन् ।

माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई पहिलोपटक प्रचण्डले घरमै पुगेर भेटेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए । उनीहरुबीच भेटवार्ता जारी छ ।

तत्कालीन जनयुद्धमा भट्ट प्रचण्डसँग अत्यन्तै निकट नेताका रुपमा चिनिन्थे । नेकपा विभाजनपछि भट्ट एमालेतिर लागेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us