
काठमाण्डु ,२६ चैत- उदयपुरको गाईघाट बजारमा ट्रकले मोटरसाइकल लाई ठक्कर दीदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने ४३ वर्षीय तारणी मगर रहेका छन। बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मे १ ख २१८४ नम्बरको ट्रकले प्रदेश १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।ट्रक तीव्रगतिमा आएका कारण सडकको छेउको बार समेत भत्काएर मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षर्शीले बताएका छन् ।
ट्रक चालक, ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।