
काठमाण्डु,२५ चैत– जनमत पार्टीका तर्फबाट बारा–२ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका शिवचन्द्र कुशवाहाले आफू स्थानीय भएका कारण आफ्नो जित्त सुनिश्चित हुने बताएका छन ।
आफ्नो प्रतिस्पर्धा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग रहेको बताउँदै उनले सप्तरीबाट हारेर बारा आएका कारण यहाँका मतदाताले यादवलाई मत नदिने उनले बताएका छन ।
उनले भने, ‘उपेन्द्र यादव पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुन् तर त्यो गठबन्धन केन्द्रमा मात्र रहेको छ, बारामा छैन’ ‘त्यसैले बारा–२ को आधिकारिक उम्मेदवार म मात्र हो ।’
कुशवाहा नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीबाट सो क्षेत्रबाट चुनाव लड्दैछन् ।‘माओवादी पार्टी मैले सादाका लागि छाडेर जनमत पार्टीमा लागेको छु, अब सो पार्टीमा कहिल्यै पनि फर्किने छैन’ उनले भने, ‘माओवादी पार्टी खस आर्यको पार्टी हो, त्यहाँ मधेशी नेताको कुनै महत्व छैन, त्यसकारण मैले सो पार्टी छाडे ।’
उनले मधेश मुक्तिका लागि संघर्ष गरिरहेको सिके राउतका साथमा आफू लागेको बताएका छन ।उनले भने, ‘सिके राउतले मात्र मधेशको मुक्ति गराउन सक्छन्, त्यहीं भएर उनलाई साथ दिन माओवादी छाडेको हुँ’ ।
जनमत पार्टी नयाँ विचार र सिद्धान्तका आधारमा अगाडि बढेको बताउँदै उनले सो पार्टी किसानका लागि मल कारखाना खोल्ने र युवालाई रोजगारी दिलाउने उद्देश्य लिएर अघि बढेको बताए । उनले त्यही भएर आफूलाई जनमत मन परेको बताएका छन ।