
काठमाण्डु,२५ चैत– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन ।
राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गर्दै मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन , साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’
शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।
काठमाण्डु महानगरका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले भने यसबारे प्रतिक्रिया नदिने बताएका छन ।