नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ

काठमाण्डु टुडे २०७९ चैत २४ गते १८:२१ मा प्रकाशित

काठमाण्डु ,२४ चैत- नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २७ वर्षकी निमा ल्हामो गुरुङ रहेकी छन। गुरुङ लेजिल्ला प्रशासन कार्यालय काठमाण्डु बाट नेपाली नागरिकता लिएको प्रहरीले बतायको छ ।उनले निमा ल्हामो गुरुङ नाममै नेपाली नागरिकता बनाएको पाइएको प्रहरीको भनाइ छ ।

उनलाई प्रहरीले बिहीबार वौद्धबाट पक्राउ गरेको हो । २ वर्षअघि तिब्बतबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गरेकी उनले बौद्ध टुसालमा रहेको शरणार्थी क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत नागरिकता बनाउने गिरोहका कृष्णबहादुर कटुवालसँग सम्पर्क गरी नागरीकता प्राप्त गरेकी थिइन।

कटुवालले नागरिकता बनाइदिएवापत उनीसँग ५ लाख रुपैयाँ लिएको खुलेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us