नेपाली सेनाको सर्भर ह्याक गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०७९ चैत २४ गते १७:१६ मा प्रकाशित

काठमाण्डु ,२४ चेत -नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्याकएको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर -१० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर- १६ बाटुलेचौर बस्ने सागर ढकाल रहेका छन् ।

उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् ।बाटुलेचौर बस्ने उनले घरधनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्यााएको पाइएको प्रहरी जनायको छ ।

साइबर स्पेसमा अनधिकृत पहुँच पुऱ्याउने उद्देश्यले विभिन्न समयमा साइवर हमला भएको पाइएपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।

सोहीअनुसार साइवर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा २१ वर्षीय ढकालको संलग्नता खुलेको थियो । लगत्तै साइबल ब्युरोको टोलीले बिहीबार बाटुलेचौरबाटै उनलाइ पक्राउ गरेको हो प्रहरीका अनुसार पक्राउ परेका ढकालले सेनाको के के विवरणमा पहुँच पुर्यारए भन्ने खुलेको छैन।

उनले के प्रयोजनका लागि सेनाको सर्भर ह्याक गरे भन्ने पनि खुलेको छैन ।ब्युरोका सूचना अधिकारी पशुपति कुमार रायले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाण्डु जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us