महानगरको डोजर आएपछि सुकुम्बासीले बन्द गरे गैरीगाउँको बाटो

काठमाण्डु टुडे २०७९ चैत २४ गते १६:५७ मा प्रकाशित

काठमाण्डु ,२४ चैत- काठमाण्डुको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले काठमाण्डु महानगरपालिकाको टोलीको बाटो छेकेका छन ।

माहानगरलले अवैध रूपमा सुकुम्बासी बस्ती बसेको भन्दै त्यहाँका संरचना भत्काउन शुक्रबार दिउँसो डोजर पठाएको थियो।महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो बन्द गररेका हुन बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्वासी बस्तीका युवासहितको ठूलो भीड जम्मा भएको छ ।

सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us