उपचार गराउन ल्याउँदा जलेश्वर कारागारका एक कैदी फरार

काठमाण्डु टुडे २०७९ चैत २४ गते १६:३२ मा प्रकाशित

काठमाण्डु ,२४ चैत- महोत्तरीको जलेश्वर कारागारका एकजना कैदी फरार भएका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका-९ का कृष्ण यादव फरार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए ।

उनी कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादवलाई उपचारका लागी जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो ।

अस्पतालको शौचालयबाट उनी फरार भएको प्रहरीले जनायको छ।कारागारमा सुरक्षार्थ खट्ने प्रहरीले उनलाई उपचार गराउन ल्याएका थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us