सांसदहरूले उठाएको विषय सरकारले सुनेनः राजेन्द्रप्रसाद पाण्डे

काठमाण्डु टुडे २०७९ चैत २४ गते १५:२५ मा प्रकाशित

काठमाण्डु ,२४ चैत- नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकार सदनप्रति जिम्मेवार नभएको बतायका छन।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै पाण्डेले सरकारले विश्वासको मत लीयपछी १९ वटा बैठक भएको र ती बैठकमा सांसदहरूले उठाएको विषयमा सरकारले जवाफ नदिएको आरोप लगाएका छन्।

सांसदहरुलाई नै थाहा भएन कि सरकारले सुनिरहेको छ कि छैन? जुन दिन रोष्ट्रमबाट उत्तर आउँछ त्यो दिनमात्रै सरकारले हाम्रो कुराहरु सुनेको रहेछ भन्ने थाहा हुने भयो,’ उनले भने।

हामी संसदमा जनताका समस्या बोल्छौं तर सरकार मुकदर्शक भएर बस्यो भने आम जनताको बीचमा संसदप्रति कस्तो धारणा बन्ला ?,’ उनले भने।

उनले हरेक दिन एकजना मन्त्रीले आएर संसदमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयको उठेको कुराहरुमा उत्तर दिने खालको परिस्थिती बनाउन सभामुखबाट रूलिङको मागसमेत गरे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us