सिंहदरबार अगाडि मिटरब्याज पीडितको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाण्डु टुडे २०७९ चैत २४ गते १५:०४ मा प्रकाशित

काठमाण्डु ,२४ चैत -सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार पीडितहरु प्रदर्शनसहित माइतिघरबाट सिंहदरबारको पश्चिम गेटतर्फ आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका थीय।

प्रहरीले झण्डै १५ जनाभन्दा बढी पीडितलाई नियन्त्रणमा लिएको छ। सरकारले मिटर व्याजलाई अपराध ठहर गर्दै मिटरब्याजीलाई कारबाही गर्न कानुन बनाउने भन्दै त्यसको छानबिन गर्न गर्न आयोग गठन गरिसकेको छ।

मिटरब्याज पीडितको एक समूहसँग गत शनिबार ५ बुँदे सहमति गरे पनि उक्त सहमतिले मात्र आफूहरुको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह कााठमाण्डु केन्द्रित आन्दोलनमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us