नक्कली परीक्षार्थी राखेर एसईई दिने मेयरविरुद्ध पक्राउ पुर्जी

काठमाण्डु टुडे २०७९ चैत २४ गते १४:०७ मा प्रकाशित

काठमाण्डु ,२४ चैत- रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।

’कानुको सट्टामा एसईई दिंदै गरेको आरोपमा गरुडा नगरपालिका ६ पोठियाहीका कमल साह पक्राउ परेका थिए। साहलाइ अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएकोले उनीमाथि पनि छानबिन गर्नु परेकोले जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले बतायका छन।

अहिले मेयर भन्दा पनि उनी परिक्षार्थीको रुपमा देखिएकोले सोही बमोजिमको अनुसन्धान कार्य गर्ने उनले बताय। मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फका परीक्षार्थी मेयरले आफ्नो सट्टामा कमललाई परीक्षा दिन लगाएको खुलेको प्रहरीको भनाइ छ ।

साहले प्रहरी अनुसन्धानका क्रममा मेयर प्रेमलाल साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेका प्रहरीले बतायको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us