भारतमा कोभिड सङ्क्रमित बढ्दै, पछीलो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६ हजार पार

काठमाण्डु टुडे २०७९ चैत २४ गते १३:११ मा प्रकाशित

एजेन्सी -भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ५० नाघेको छ ।
यो पछिल्लो २०३ दिनको रेकर्ड सङ्ख्या हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारीमा देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८,३०३ पुगेको बतायको छ ।

गत वर्ष सेप्टेम्बर १६ मा ६ हजार २ सय ९८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार दैनिक पोजिटिभिटी दर ३.३९ र साप्ताहिक पोजिटिभिटी दर ३.०२ प्रतिशत रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us