
काठमाण्डु ,२४ चैत -नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले वर्तमान सरकारले अब गति लिने बताएका छन्।
शुक्रवार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै शर्माले केन्द्र सरकारका १०० दिन गठबन्धन फेरबदलमै वितेपनि अब भने सरकारको कामले गति लिने बताए।’
उनले भने, विभिन्न विषयमा गरिएका सहमतिको कार्यान्वयन र सरकार विस्तार गर्ने क्रममा संघीय सरकारका १०० दिन बिते, , ‘अब सरकारको न्युनतम साझा कार्यक्रम पनि आइसकेको छ, कामले गति लिन्छ।
केन्द्रमा कांग्रेसले मन्त्रीहरुको नाम दिन नसकेकोले मन्त्रीमण्डले पूर्णता पाउन नसकेको उनले बताए। उनले कर्णाली प्रदेशमा वर्तमान सरकारले नै निरन्तरता पाउने बताएका छन्।
कर्णाली प्रदेशमा सहभागी एमालेको विषयमा भने केन्द्रमा गठबन्धनले छिट्टै निर्णय गर्ने बताए।‘कर्णालीको सरकार यही रहन्छ, यही सरकार यहाँको गरिबी अन्त्य गर्नेगरि काम गर्छ,’ शर्माले भने,
‘उनले माओवादीलाई पुनर्गठनबारे सोच्नुपर्ने बेला आएको समेत बतायका छन। देश माओवादीकै एजेन्डामा चलिरहेपनि पार्टी कमजोर भइरहेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने शर्माको भनाइ छ ।