
काठमाण्डु, २२ चैत– क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज (बुधवार) जिल्ला अदाल काठमाण्डुमा अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेको मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा रहेको छ ।
२९ पुस मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए ।
उच्च अदालतले जिल्ला अदालत काठमाण्डु गरेको पुर्पक्षका लागी थुनामा पठाएको आदेश बदर गरिदिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो । अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुँदैछ ।