पूँजीबजार सुधारमा ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई अर्थमन्त्री महतको निर्देशन

काठमाण्डु टुडे २०७९ चैत २० गते १५:०७ मा प्रकाशित

काठमाण्डु,२० चैत– अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीबजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन ।

आज (सोमबार) अर्थ मन्त्रालयमा बोर्डका अध्यक्ष रमेश हमालसहितका पदाधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन ।

उनले केही दिन भित्रै पूँजीबजार सुधारका लागि ठोस योजना बनाएर सकारात्मक नतिजा निकाल्नै गरी अगाडि बढ्न निर्देशन दिएका छन । बजारको सुधारका लागि बोर्डले गरिरहेका कामबारे आफूहरुले मन्त्रीलाई ब्रिफिङ गरेको अध्यक्ष हमालले जानकारी दिएका छन ।

सो क्रममा स्टार्टअप, साना तथा मझौला व्यवसायमा पूँजीबजारबाट पूँजीपरिचालन गरी कसरी आवद्ध गराउन सकिन्छ भन्नेबारे छलफल भएको हमालले बताएका छन । बोर्डसँग थप छलफल गर्ने जानकारी समेत मन्त्रीले गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us