
काठमाण्डु ,१९ चैत- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई कर्मचारीहरूले आज म्यासेज पठाएका छन्।
मन्त्रालयले तयार पारेर सहमतिका लागि अर्थ तथा कानून मन्त्रालय पठाएको संघीय निजामती सेवा ऐनको मस्यौदामा आफूहरूले उठाएका विषय नसमेटिएको भन्दै उनीहरुले मन्त्री र सचिवलाई म्यासेज पठाएका हुन्।
‘ कर्मचारीहरूले पठायको म्यासेजमा भनीयको छ, माननीय मन्त्रीज्यू, नासुका आँसु देख्नु भएनरु तपाईंको ऐन हामीलाई स्वीकार्य छैन। पाँच वर्ष सेवा अवधि भएका कर्मचारीलाई एक तह र १० वर्षभन्दा बाढी सेवा भएका कर्मचारीलाई २ तह वृद्धि गरियोस्,’
सहसचिव र उपसचिव तहको खुला प्रतिस्पर्धामा सहभागी हुने कानूनी व्यवस्था हुनुपर्ने, अधिकृत छैटौं तहको पदपूर्तिमा ५०, खुलामा ४० र बढुवा १० प्रतिशत आन्तरिक प्रतिस्पर्धा हुनुपर्नेजस्ता विषय उठाउँदै उनीहरूले म्यासेज गरेका हुन्।